मधेसमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश
मधेस प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच बुधवार काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमतिअनुरुप प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको हो ।
