डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी
दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको पसलमा क्यूआर कोडमार्फत सरसामानको भुक्तानी गर्ने ग्राहकको बाक्लै भीड थियो । केही वर्षअघिसम्म नगदबिनाको कारोबार कल्पना गर्न पनि कठिन थियो । रकम अभाव हुँदा सामान उधारो दिने वा विश्वासकै आधारमा कारोबार चलाउने प्रचलन थियो तर अहिले स्मार्टफोन र इन्टरनेटको पहुँचले त्यही दृश्य पूर्णरूपमा बदलिएको छ ।
