SHARE
पर्दाफास · सोमबार १० कात्िक २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

भूमिहीनको समस्या समाधान र सहकारीपीडितको रकम फिर्ता गर्ने काम तीव्र बनाउँछौँ : मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले दशैँ–तिहारपछि भूमिहीन नागरिकको समस्या समाधान र सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिने बताएकी छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री रावलले भूमिहीन नागरिक र सहकारीपीडितका समस्या सरकारको प्राथमिकतामा रहेको बताएकी हुन् ।