रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी
धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना । कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको छ । रानाको रायो सागका तीन ठूला बारीका फाँटहरु छन । बारीमा उत्पादन भएको साग दिनहुँ टिपेर किलोका हिसाबले धनगढी बजारमा बिक्री गर्ने गरिएको छ।
