SHARE
पर्दाफास · सोमबार १० कात्िक २०८३ ०१:२३ PM · 1 मिनेट पढाइ

दशैं सकियो, सुरुभयो सुदूरपश्चिमेलीको भारत यात्रा

हिन्दुहरुको महान पर्व वडादशैं सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । भारतमा रोजगारी गर्दै आएका नेपाली दशैंका लागि स्वदेश फर्किएपनि दशैं सकिए लगत्तै फेरी भारत जान थालेका हुन् । भारतसँग जोडिएको सुदूरपश्चिमको प्रमुख नाका गौरिफण्टाबाट पछिल्लो तीन दिनयता दैनिक दुई हजारदेखि तीन हजार नेपाली भारत जाने गरेको प्रहरीको भनाइ छ ।