SHARE
पर्दाफास · सोमबार १० कात्िक २०८३ ०२:०४ PM · 1 मिनेट पढाइ

एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर भेट्टायो । लुम्बिनीको जितमा आशिफ शेखले ३२ रन बनाए ।