जनशक्ति अभावका कारण विपद्ग्रस्त क्षेत्रको तथ्यांक संकलनमा कठिनाइ
देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबान पीडितहरूको तथ्यांक संकलन जनशक्ति अभावका कारण प्रभावित भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदमा परेकाहरूको तथ्यांक संकलन गर्न समेत जनशक्तिको अभावका कारण समस्या आएको जनाएको हो।
