SHARE
पर्दाफास · बुधबार २२ असो २०८२ ०३:५१ PM · 1 मिनेट पढाइ

भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरुको नाममा निशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरुका प्रतिनिधिसहितको टोलीले गृहमन्त्रीलाई घटनावारे जानकारी गराएका थिए ।