SHARE
पर्दाफास · बुधबार २२ असो २०८२ ०४:२५ PM · 1 मिनेट पढाइ

असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

यही असोज १७ गतेपछिको मनसुनी विपद्मा परी ५३ जनको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजसम्ममा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको जानकारी दिएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोमा परेर ४० जना, बाढीबाट ११ जना र चट्याङबाट दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो ।