SHARE
पर्दाफास · मङगलबार २१ असो २०८२ १२:४४ PM · 1 मिनेट पढाइ

बालेन र सुदन गुरुङविरुद्ध प्रहरीमा अनेरास्ववियुको जाहेरी

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्धको जाहेरी प्रहरीलाई बुझाएको छ । अनेरास्ववियुका महासचिव दीपक धामी र पूर्वअध्यक्ष समिक बडालले प्रहरीलाई जाहेरी दिएका हुन् । तर सरकारी वकिल कार्यालयसँग छलफल गरेर थप निर्णय लिने प्रहरीले जवाफ दिएको बडालले बताए ।