SHARE
पर्दाफास · मङगलबार २१ असो २०८२ ०३:४८ PM · 1 मिनेट पढाइ

राष्ट्रप्रमुखबाट गरिने नवदुर्गाको विशेष पूजा परम्पराले यस वर्ष पाएन निरन्तरता

कोजाग्रत पूर्णिमाको दिन हरेक वर्ष राष्ट्रप्रमुखको सवारी भई नवदुर्गाको पूजा र प्रसाद ग्रहण गर्ने कार्य पहिलोपटक यस वर्ष टुटेको छ। मंगलबार अपराह्न ४ बजे नवदुर्गाको पूजा एवं प्रसाद ग्रहणका लागि राष्ट्रपति रामचन्द्र पौडेलको सवारी हुने भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले आवश्यक तयारी गरे पनि अचानक राष्ट्रपति आउने कार्यक्रम स्थगित भएको थियो।