SHARE
पर्दाफास · मङगलबार २१ असो २०८२ ०३:५२ PM · 1 मिनेट पढाइ

जानकी मन्दिरमा १०१ कोसेली अर्पण

कोजाग्रत पूर्णिमाका अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा १०१ कोसेली ९भार० ल्याइएको छ । महोत्तरीको रतौली गाउँबाट जानकी मन्दिरमा परम्परागत रूपमा ल्याइने १०१ कोसेली यसवर्ष पनि अर्पण गरिएको हो । सयौँ वर्षदेखि निरन्तर चलिआएको यस धार्मिक परम्पराअनुसार, आज पनि रतौलीवासीले विविध पूजा सामग्रीसहितको भार मन्दिर ल्याइएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामारोशन दास वैष्णवले बताए ।