सशस्त्र प्रहरीद्वारा फेवातालमा फसेका ७ पर्यटकको उद्धार
पोखरा – पोखराको फेवातालमा हावाहुरी र वर्षाका कारण डुङ्गासहित फसेका ७ जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १ पुरुषको शव गोताखोरले फेला पारेको छ ।
