SHARE
काठमाण्डुपाटी · शनिबार १७ असो २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

विशाल र आयुष्माले जिते गौघाट ग्रीन रनको उपाधि

नेपालगन्ज– विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैल्याउन आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि विशाल बोहरा र आयुष्मा सिंहले जितेका छन्। शनिबार खजुराको सीतापुर गौघाटमा आयोजित दौडअन्तर्गत छात्रतर्फको ६ किलोमिटरमा शुक्र माद्यमिक विद्यालयका विशाल बोहरा प्रथम भए। जनसेवा माविका उपेन्द्र बम दोस्रो र त्यही विद्यालयका निशान्त विक तेस्रो भए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी