SHARE
पर्दाफास · आइबार​ १९ असो २०८२ १२:४६ PM · 1 मिनेट पढाइ

सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक

पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान ११ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए  ।