SHARE
पर्दाफास · आइबार​ १९ असो २०८२ ०१:०६ PM · 1 मिनेट पढाइ

बाढी पहिरोपछि उद्धारमा नेपाली सेना, अहिलेसम्म कहाँ के गर्‍यो ?

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको उद्धारका लागि नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दासँग समन्वय गरी उद्धार कार्य जारी राखेको छ। सेनाले दिएको जानकारी अनुसार मोरङ, झापा र इलाम जिल्लामा आज बेलुकी ६ बजेसम्म उल्लेखनीय उद्धार कार्य सम्पन्न गरिएको छ।