SHARE
पर्दाफास · आइबार​ १९ असो २०८२ ०१:२२ PM · 1 मिनेट पढाइ

विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन

गृह मन्त्रालयले विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु गर्न गराउन निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो । सरकारले यसअघि विपद्को सम्भावित जोखिम कारण आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको थियो ।