SHARE
पर्दाफास · आइबार​ १९ असो २०८२ ०१:४७ PM · 1 मिनेट पढाइ

बाढीपहिरोबाट देशभर ५२ जनाको मृत्यु

शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् ।