आज फेरि सिड्नीमा गुञ्जिँदैछ १९७४ एडी
काठमाण्डु – केही वर्षअघि सिड्नीको एक साँझ नेपाली संगीतले भरिएको थियो। हजारौँ नेपाली एउटै ठाउँमा भेला भएका थिए र त्यही बजेको थियो-नेपाली रक ब्यान्ड १९७४ एडी। जहाँ हजारौं दर्शकहरूले गीतमा गाएका थिए, झुमेका थिए। शनिबार फेरि सिड्नीमा नेपाली रकको आवाज गुञ्जिँदैछ।
