एसियाली खेलकुद : क्रिकेटतर्फको उपाधिका लागि भारत र पाकिस्तान खेल्दै
काठमाण्डु – एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनल खेलमा शनिबार दुई परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदैछन्। नेपाली समय अनुसार बिहान १०ः३० बजेदेखि सुरु हुने यस खेलसँगै दुई टोलीबीचको ह्यान्डशेक (हात मिलाउने) विवाद पुनः सतहमा आएको छ। खेलअघि सबैभन्दा ठूलो चासोको विषय दुवै टोलीका खेलाडीहरूबीचको हात मिलाउने प्रक्रिया (ह्यान्डशेक) लाई लिएर छ।
