बागलुङ र पर्वतका बाढी प्रभावित ९८ परिवारलाई एनआरएनएको राहत
काठमाण्डु- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित बागलुङ र पर्वतका ९८ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ। बागलुङको निसीखोला गाउँपालिकाका ६८ घरपरिवार र पर्वतको जलजला गाउँपालिकाका ३० घरपरिवारलाई एनआरएनएले राहत सामग्री उपलब्ध गराएको हो।
