SHARE
लोक पथ · बिहीबार १५ असो २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

पार्टीको हित विपरित काम गर्नेलाई कांग्रेसको अनुशासन समितिले कडा कारबाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ । समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासनविपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् ।