विश्व भोकमरी सूचकांकमा नेपालको अवस्था सुधार, १२२ देशमध्ये ७२औँ स्थानमा
काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ मा नेपालको अवस्था केही सुधार भएको छ। प्रतिवेदनअनुसार १२२ देशमध्ये नेपाल ७२औँ स्थानमा रहेको छ। नेपालमा भोकमरीको अवस्था भने अझै मध्यम श्रेणीमा छ। शनिबार सार्वजनिक प्रतिवेदनअनुसार नेपालले यस वर्ष १०० पूर्णांकमा १४.५ अंक पाएको छ। सन् २०२५ मा नेपालको अंक १४.८ थियो।
