SHARE
लोक पथ · शनिबार ८ कात्िक २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

एससीटी र डिप्रोक्स लघुवित्तबीच डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानी सुविधा विस्तार गर्ने सम्झौता भएको छ । असोज ३० गते भएको सम्झौतासँगै डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यले पनि कार्डमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । एससीटीका अनुसार कार्ड सेवा सुरु गर्ने डिप्रोक्स पहिलो लघुवित्त संस्था हो ।