नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु, १९ बुँदे उद्देश्य सार्वजनिक
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको उद्घाटन गरेका हुन् । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार महाधिवेशनको तयारीसँगै जनतासँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।
