टीका लगाइदिँदै देउवाले चिरिबाबुलाई भने– ‘पहिलो हुनुभयो, बधाई !’
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई निवर्तमान सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् । दसैंको टीका लगाउन शनिबार देउवा निवास पुगेका महर्जनलाई देउवाले ‘नेपालमै पहिलो हुनुभयो, बधाई छ’ भन्दै बधाई दिएका हुन् । महर्जनका अनुसार उनी हरेक वर्ष दसैंमा देउवाको हातबाट टीका लगाउन जाने गर्छन् ।
