दसैंको साथमा नयाँ एप ‘हातमा (HAATMA App)’ सार्वजनिक
१८ असोज २०८२, काठमाडौं । अब कुन समाचार सही र कुन झुठो भन्ने द्विविधाबाट मुक्त हुने समय आएको छ। ‘हातमा (HAATMA App)’ नामक नयाँ मोबाइल एप सार्वजनिक गरिएको छ, जसले प्रयोगकर्तालाई विश्वासिला र भरपर्दा सञ्चारगृहका अंग्रेजी तथा नेपाली भाषाका समाचारहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउँछ।
