म्यारियट र सीजी हस्पिटालिटीबीच दुई अल्ट्रा लक्जरी होटल सञ्चालन सम्झौता
२४ जेठ, काठमाडौं। म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई नयाँ अल्ट्रा लक्जरी होटल सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालनमा ल्याइनेछ ।
