भारी वर्षामा सञ्चार अवरुद्ध हुन नदिन मन्त्रालयको निर्देशन
१८ असोज २०८२, काठमाडौं । देशका अधिकांश भूभागमा भइरहेको अविरल भारी वर्षाले जनजीवन प्रभावित पार्दै गर्दा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विपत्तिको यस घडीमा सञ्चार सेवालाई निरन्तर र प्रभावकारी राख्न मातहतका सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
