SHARE
पर्दाफास · बुधबार १४ असो २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनको भारत भ्रमण : दुवै देशको चासो, मिति भने अनिश्चित

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका लागि नेपाल र भारत दुवै पक्ष सकारात्मक छलफलमा रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्री साहको भारत भ्रमणको मिति भने अहिलेसम्म तय नभएको जानकारी दिए।