मनसुनजन्य विपद् व्यवस्थापनका लागि सशस्त्रका २ हजार ६६१ जनशक्ति परिचालन
काठमाडौं । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ । शनिबार बिहानदेखि सुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न सिंहदरबारस्थित कार्यालयबाट २६ सय बढी जनशक्ति खटाइएको हो ।
