SHARE
लोक पथ · शनिबार १८ असो २०८२ ११:४९ AM · 1 मिनेट पढाइ

विपद्पछिको उद्धारका लागि २० हजार सशस्त्र प्रहरी परिचालित

काठमाडौं । सम्भावित विपद्पछि आइ पर्न सक्ने उद्धारका लागि सशस्त्र प्रहरीका २० हजार फौज तैनाथ गरिएको छ । सशस्त्र प्रहरीले देशभर आफ्ना २० हजार प्रहरीलाई तैनाथ गरिएको जनाएको छ । सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सम्भावित विपद्पछिको उद्धारका लागि देशभर २० हजार सशस्त्र प्रहरीका जनशक्ति तैनाथ गरिएको बताएका हुन् ।