हेलिकोप्टर तयारी अवस्थामा राख्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालयले निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न आग्रह गरेको छ । अत्यधिक वर्षा र सम्भावित विपद् जोखिमको पूर्वानुमानका कारण वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि तयार राख्न आग्रह गरेको हो ।
