कुलेश्वरको सुकुम्वासी बस्तीमा पानी पस्यो, १ सय घरधुरीको सशस्त्रबाट उद्धार
काठमाडौं । बागमती र विष्णुमती खोलामा पानीको बहाव बढेसँगै कुलेश्वरको सुकुम्वासी बस्तीमा पानी पसेको छ । बस्तीमा पानी पसेपछि १ सय घरधुरीलाई उद्धार गरिएको छ । विष्णुमती र बल्खु नजिकैको बागमती खोलामा पानीको सतह बढी कुलेश्वरको सुकुम्वासी बस्तीमा पानी पसेको सशस्त्र प्रहरीले जनाएको छ ।
