बल्खुको तरकारी बजारमा पानी पस्यो
काठमाडौं । बल्खुको तरकारी बजारमा पानी पसेको छ । बागमती नदी तथा अन्य सहायक खोलामा पानीको बहाव बढेपछि तरकारी बजारमै पानी पसेको हो । तरकारी बजारभित्र पानी पसेपछि यति बेला तरकारी बजार खाली गराइएको छ । सशस्त्र प्रहरीले यति बेला तरकारी बजार खाली गराउँदै त्यहाँ रहेका सामानहरूलाई समेत अन्यत्र सार्न सहयोग गरेको जनाएको छ ।
