SHARE
लोक पथ · शनिबार १८ असो २०८२ १२:४७ PM · 1 मिनेट पढाइ

सशस्त्रले बिदामा रहेका सबै कर्मचारीलाई बोलायो

काठमाडौं । सशस्त्र प्रहरीले बिदामा रहेका आफ्ना सबै कर्मचारीलाई तत्काल कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । सम्भावित विपद्पछि उद्धारमा खटिन बिदामा रहेकालाई तत्काल हाजिर हुन भनिएको हो । सशस्त्र प्रहरी बलले शनिवार आन्तरिक सञ्चारमार्फत दसैँ बिदा वा घर बिदामा रहेका आफ्ना सम्पूर्ण प्रहरी कर्मचारीलाई तत्काल आफ्नो कार्यालयमा हाजिर हुन भनेको हो ।