भारी वर्षा र बाढीको जोखिम : गृह मन्त्रालयको ८ बुँदे निर्देशन
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म देशभर भारीदेखि अति भारी वर्षाको चेतावनी जारी गरेसँगै गृह मन्त्रालयले विपद् व्यवस्थापनका लागि ८ बुँदे निर्देशन जारी गरेको छ । शनिबार अपराह्न गृहमन्त्री ओम प्रकाश अर्यालले प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरी सम्भावित जोखिमको मूल्यांकन र व्यवस्थापनका लागि कडा निर्देशन दिएका हुन् ।
