बल्खुस्थित बागमती किनारका सुकुम्बासीलाई विद्यालयमा सारियो
काठमाडौं । अविरल वर्षासँगै बागमती नदीमा पानीको बहाव बढेपछि काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित नदी किनारमा बसोबास गरिरहेका करिब सय सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। बल्खु–कुलेश्वर क्षेत्रको नदी छेउमा रहेको बस्तीमा बाढीको पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय, बल्खुमा स्थानान्तरण गरेको हो।
