राज्यका सबै स्रोत प्रयोग गरेर नागरिकको सुरक्षा सुनिश्चित गर्छौँ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अविरल वर्षाबाट उत्पन्न विपद्का समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यका सबै स्रोत र संयन्त्र प्रयोग गरिने बताएकी छन् । देशवासीका नाममा आज जारी गरिएको भिडियो सन्देशमार्फत प्रधानमन्त्री कार्कीले असोज १७ गतेदेखि देशभर निरन्तर भइरहेको भारी वर्षाका कारण उद्धार र राहतका लागि सबै सरकारी निकाय परिचालन गरिएको जानकारी दिइन् ।
