लाङटाङ घुम्न गएका भक्तपुरका चार जनालाई खोल्साले बगायो
काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका-४, बेरिङ खोल्सामा शनिबार बेलुकी आएको बाढीले चार जनालाई बगाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा भक्तपुर ठिमी नगरपालिका निवासी अन्दाजी २५ वर्षीया संस्कृति श्रेष्ठ, सोही उमेरका किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका-१० का २३ वर्षीय रवि श्रेष्ठ रहेका छन् ।
