SHARE
लोक पथ · शनिबार १८ असो २०८२ ०३:१४ PM · 1 मिनेट पढाइ

देशभरका छ स्थानमा सडक अवरुद्ध, आवागमन रोकियो

काठमाडौं । लगातारको वर्षाका कारण देशभरका विभिन्न छ स्थानमा पहिरो खस्दा सडक आवागमन ठप्प भएको छ। शुक्रबार रातिदेखि भइरहेको अविरल वर्षाले प्रमुख राजमार्गदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसम्म प्रभावित पारेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको छ।