SHARE
लोक पथ · शनिबार १८ असो २०८२ ०३:२८ PM · 1 मिनेट पढाइ

रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु

रौतहट । रौतहटको कटहरिया नगरपालिका-२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। आज साँझ परेको चट्याङबाट सोही स्थानका १७ वर्षीय सेराज लहरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार दुवै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।