नागढुंगा-मुग्लिन सडकका १६ स्थानमा पहिरोको उच्च जोखिम
काठमाडौं । लगातारको वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थानमा पहिरोको उच्च जोखिम देखिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीले आज गरेको संयुक्त अनुगमनमा राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने खतरा पहिचान गरिएको हो ।
