SHARE
कालिका खबर · सोमबार १२ असो २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को तर्फबाट ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गरी सम्मान गरिने भएको छ। आयोजकले पत्रकार सम्मेलनमार्फत मनीषालाई उनको उत्कृष्ट प्रदर्शन, मेहनत, समर्पण तथा नेपाली महिला क्रिकेटमा पुर्‍याउँदै आएको योगदानको कदरस्वरूप क्रिकेट सामग्री प्रदान गर्न लागिएको जानकारी दिएको हो। नेपाली महिला क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा योगदान पुर्‍याउँदै आएकी मनीषालाई सम्मान गर्न पाउनु आफूहरूका लागि खुसी र गर्वको विषय भएको आयोजकले जनाएको छ।