‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न, टोली ‘डाँफे’ क्रिकेट च्याम्पियन
काठमाडौं । रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको स्पोर्ट्स डे विभिन्न खेलकुद प्रतियोगितासहित सम्पन्न भएको छ। ‘व्हिस्पर’को प्रस्तुति, ‘अर्ना इनर्जी ड्रिंक’को पावर्ड बाइ र ‘निभिया’को सह–प्रायोजनमा आयोजित कार्यक्रममा प्रतियोगिताका सहभागीहरूले विभिन्न खेलमार्फत आफ्नो खेलकौशल, शारीरिक क्षमता र टोली भावना प्रदर्शन गरेका थिए। स्पोर्ट्स डेमा क्रिकेट, दौड, स्किपिङ, ब्लाइन्ड थ्रो, फुटबल पेनाल्टी सुट र बास्केटबल गरी ६ विधामा प्रतिस्पर्धा गराइएको थियो। क्रिकेट प्रतियोगितामा सहभागीहरूलाई ‘लालीगुराँस’ र ‘डाँफे’ गरी दुई टोलीमा विभाजन गरिएको थियो। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘डाँफे’ विजेता बनेको हो।
