SHARE
कालिका खबर · सोमबार १२ असो २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

अध्यादेशको दुरुपयोग भएको प्रभु साहको आरोप, ‘पुरानो व्यवस्था ब्युँताउन नयाँ कानुन किन ?’

काठमाडौं ।आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । सरकारले सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्न ल्याएको अध्यादेश निष्क्रिय भएपछि पुनः पुरानै कानुनी व्यवस्था ब्युँताउने गरी विधेयक ल्याएको भन्दै साहले सरकारको नियतमाथि प्रश्न उठाएका हुन् । आजपा अध्यक्ष साहले सामाजिक सञ्जालमार्फत सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश ल्याएर ठूलो संख्यामा पदाधिकारीलाई हटाउने र त्यसपछि सोही अध्यादेशले परिवर्तन गरेका पुराना कानुनी व्यवस्था पुनः कायम गर्न विधेयक ल्याउने सरकारी कदमलाई ‘अध्यादेशको गलत उपयोग’का रूपमा व्याख्या गरेका छन् ।