वीरगंजमा ‘वास्तु विहार’ आवासीय परियोजना, २०० घर निर्माणको तयारी
वीरगंज – वीरगंज महानगरपालिका–१५ लक्षुमनामा ‘वास्तु विहार’ आवासीय परियोजनाको निर्माण कार्य अघि बढिरहेको छ। भारतमा सन् २००२ देखि आवास निर्माण क्षेत्रमा काम गर्दै आएको टेक्नोकल्चरले नेपाल सरकारको उद्योग विभागबाट स्वीकृति लिएर वीरगंजमा कार्यालय स्थापना गरी परियोजना सञ्चालन गरिरहेको जनाएको छ। कम्पनीका अनुसार परियोजनाअन्तर्गत वीरगंजमा करिब २०० वटा व्यवस्थित आवासीय घर निर्माण गर्ने लक्ष्य राखिएको छ। हालसम्म ४२ जनाले घर खरिदका लागि अग्रिम रकम बुझाइसकेको कम्पनीले जनाएको छ। एकैपटक ठूलो रकम लगानी गर्न कठिन हुने ग्राहकलाई लक्षित गर्दै कम्पनीले चरणबद्ध भुक्तानी र निर्माणको व्यवस्था गरेको जनाएको छ।
