राहत तथा सुरक्षाका लागि विद्यालयहरूलाई आश्रय स्थलको रूपमा प्रयोग गर्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानो ठिमी भक्तपुरले देशभरका विद्यालयहरूलाई प्राकृतिक विपद्का जोखिमका बेला समुदायका लागि आपत्कालीन आश्रय स्थलको रूपमा प्रयोग गर्न सकिने निर्देशन जारी गरेको छ।
