SHARE
पर्दाफास · शनिबार १८ असो २०८२ ०२:३६ PM · 1 मिनेट पढाइ

नागरिकलाई जोखिमबाट बचाउन सबै स्रोत प्रयोग गर्छौं : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताएकी छन् । देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उनले असोज १७ गते बेलुकीदेखि निरन्तर देशभर भारी वर्षा भइरहेकाले राज्यका सबै निकाय परिचालन गरिएको र आवश्यक सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहनसमेत आग्रह गरेकी हुन् ।