SHARE
कालिका खबर · सोमबार १२ असो २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

ललितपुरको धापाखेलमा पहिरो, साढे ३ तलाको घर ढल्यो

काठमाडौं । ललितपुरमा पहिरोले एउटा घर ढलेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ स्थित घर पहिरोले ढालेको हो । ललितपुर महानगरपालिकाका नगर प्रहरी विज्ञ सिताराम हाछेथुले धापाखेलमा पहिरोमा परी सिंगै घर ढलेको जानकारी दिए । पहिरोमा परी ढलेको घर मन्जु कुमारी राईको रहेको हाछेथुले  जानकारी दिए । उनका अनुसार धापाखेलस्थित प्रगति टोलमा रहेको राईको साढे ३ तलाको घर पहिरोमा परेको हो । सोमबार बिहान ५:३८ बजे पहिरोमा परी घर ढलेको उनले जानकारी दिए ।